आज पनि घट्यो शेयर बजार 

राष्ट्रपाटी न्युज

कार्तिक २२, २०७९

काठमाडौं ।  सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । सेयर कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक सामान्य अंकले घटेको हो । नेप्से २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा अडिएको छ ।

नेप्से घटेसँगै सेयर कारोबार रकम पनि घटेको छ । यस दिन १ अर्ब  ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन सोमबार २ अर्ब १० करोड बढिको सेयर कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक ६.४३ अंकले घटेको थियो ।

साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको थियो । सो दिन परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको थियो ।

त्यसदिन १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६२ रुपैयाँमा सेयर खरिदबिक्री भएको  थियो ।

यसदिन २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँमा खरिदबिक्री भयो ।

कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक घट्यो भने ४ को मूल्य बढ्यो । यस दिन ट्रेडिङ समूहको मूल्य सर्वाधिक १.५६ प्रतिशतले ओरालो लाग्दा मनु एन्ड प्रोको ०.७१, हाइड्रोपावरको ०.६२, बैंकिङको ०.२९, होटल्स एन्ड टुरिजमको ०.१४, डेभलपमेन्टको ०.२१ प्रतिशतले मूल्य घट्यो ।

यसैगरी इन्भेस्टमेन्टको ०.१८ र म्युचुअल फण्डको ०.३ प्रतिशतले मूल्य बढेको हो । आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन । शिवम् सिमेन्ट ८ करोड बढी रुपैयाँको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो ।


Published :कार्तिक २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media