चीनमा फेरि बढ्दै कोभिड संक्रमण

राष्ट्रपाटी न्युज

२३ कार्तिक २०७९

काठमाडौँ । कोभिडले एकपल्ट फेरि चीनमा सङ्क्रामक रूप लिइरहेको छ । कोरोना सङ्क्रमणको मामिलामा बढोत्तरीपछि चीनको वुहानदेखि लिएर उत्तर पश्चिममा जिनिङसम्म प्रतिबन्धहरू बढाइएको छ ।

वुहान प्रान्तमा लकडाउनका कारण लगभग ८ लाख मानिस प्रभावित बनेका छन् । कोभिड सङ्क्रमण फैलिएपछि भवनहरू सील गरिॅंदै छन् र जिल्लाहरू पनि बन्द गरिॅंदै छन् । प्रतिबन्ध बढाइएपछि लाखौँ मानिसहरू विभिन्न समस्याले ग्रस्त छन् । चीनमा देशभरि कोरोना भाइरसको एक हजारभन्दा बढी मामिला देखिएको छ ।

यो वर्षको सुरुआतमा साङ्घाईमा कोरोना भाइरसको मामिलामा केही बढोत्तरी देखिएको थियो । यसपछि सरकारले सहरमा लकडाउन गर्नु परेको थियो । ओमिक्रोन भेरियन्टले संसारकै दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था र वित्तीय बजारलाई निकै प्रभावित गरेको छ ।

आर्थिक गतिविधिको दृष्टिले चाइनाको चौथो सबैभन्दा ठूलो सहर र ग्वांगडोङको प्रान्तीय राजधानी ग्वांगझूले बिहीवार प्रतिबन्धहरूलाई अझ कडा गरेको छ। ग्वांगझोमा सडक र गल्लीहरू सील गरिएका छन् । मानिसहरूलाई आफ्नो घरमा बस्ने सल्लाह दिइएको छ ।


Published :२३ कार्तिक २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media