प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन

राष्ट्रपाटी न्युज

कार्तिक २३, २०७९

काठमाडौं । प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको पत्रकार हरि कोइरालाले जानकारी दिएका छन् ।

उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि थप उपचारका लागि २७ असोजमा हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।

२५ दिन काठमाडौंमा उपचार गर्दा उनको स्वास्थ्यमा  सुधार भएपछि आफन्तले  विराटनगर ल्याएर नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार भए पनि अत्यधिक कमजोर भएका कारण उनलाई निरन्तर अक्सिजन सहयोगमा राखिएको थियो ।

उपचारकै क्रममा उनको बुधबार बिहान निधन भएको हो । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षण मन्त्री रहेका थापा कांग्रेसका पुराना नेता थिए ।


Published :कार्तिक २३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media