ओखलढुङ्गामा यज्ञराज सुनुवारको माहोल….

राष्ट्रपाटी न्युज

कार्तिक २३, २०७९

ओखलढुङ्गा। नेपाली राजनीतिमा अलग्गै छवी बनाउन सफल यज्ञराज सुनुवारको ओखलढुङ्गामा व्यापक माहोल बन्दै गएको छ। आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा ओखलढुङ्गा जिल्लामा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको सदस्यको उम्मेदवार रहेका सुनुवारको माहोल व्यापक बन्दै गएको हो । ओखलढुङ्गा जिल्लाको प्रदेश १ मा अम्बिर बाबु गुरुङ र प्रदेश २ मा जी बि खडका सहित निर्वाचनमा होमिएका उनि थप मजबुत र शसक्त बन्दै गएको नेकपा एमाले ओखलढुङ्गा जिल्लाका एक सदस्यले बताएका छन् ।

जिल्लाभरको नेकपा एमाले पार्टी संगठन पूर्ण एकताका साथ दुवै प्रदेशमा होमिएपछि बिपक्षी भन्दा उनि शसक्त बन्दै गएको उनको दावी छ।
निष्कलंक छवि भएका उनलाई जनजाती पृष्ठभुमिले समेत साथ दिएको छ भने ओखलढुङ्गा जिल्लामा बिगत बर्षमा विकास निर्माण लगायतमा पुर्याएको योगदानले गर्दा गठबन्धन भएपनि नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादीको मत समेत प्रशस्त आउने सम्भावना रहेको छ।

अहिले उनि जिल्लाभर घरदैलो अभियानमा व्यस्त छन्।


Published :कार्तिक २३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media