शेयर बजारमा दोहोरो अंकको गिरावट

राष्ट्रपाटी न्युज

२४ कार्तिक २०७९

काठमाडौं । सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

साताको दोस्रो कारोबार दिनयता निरन्तर ओरालो लागेको नेप्से यसदिन २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा अडिएको छ ।

सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेर ३७२.३७ विन्दुमा पुगेको छ ।

यसदिन २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँमा सेयर खरिदबिक्री भयो ।

दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन । १० करोड २२ लाख बढि मूल्यको सेयर कारोबार गरी शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो ।

कारोबारमा आएका १३ समूहकै सूचक राताम्मे देखिएका छन् । फाइनान्स समूहको सूचक सर्वाधिक २.४६ प्रतिशतले  घट्यो ।

हाइड्रोपावर, आदर्श समूहको सूचक २ प्रतिशत बढिले घट्दा  ट्रेडिङ, होटल्स एन्ड टुरिजम, डेभलपमेन्ट, नन लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेस्टमेन्ट समूहको सेयर मूल्य १ प्रतिशत बढिले ओरालो लाग्यो ।


Published :२४ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media