
काठमाडौं। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ५ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार एबम बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल तथा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल सहित बिभिन्न स्वतन्त्र उम्मेदवारका बीच यस क्षेत्रमा प्रतिष्पर्धा हुँदै छ।
यसै बीच काठमाडौं क्षेत्र नम्बर ५ (२)मा नेकपा एमालेका उम्मेदवार दिपक निरौला चुनावी मैदानमा छन्। गठबन्धन भएपनि यस प्रदेश क्षेत्रमा एकीकृत समाजबादी र नेपाली कांग्रेस दुवै पार्टीका उम्मेदवार चुनावी मैदानमा छन्। बिगत पांच बर्ष बागमती प्रदेश सभाको सदस्यको रुपमा शसक्त भूमिका निर्वाह गरेका उनि आफूले गरेको विकास निर्माण एबम अन्य सामाजिक एबम राजनीतिक भूमिका स्पस्ट पार्दै जनताको घरदैलोमा पुग्ने गरेका छन्।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा नेपाली कांग्रेसले भूगोलमा खासै परिचित नभएका युवा नेता प्रदिप पौडेललाइ टिकट दिएपछि उत्साहित भएको एमाले अहिले प्रचार प्रसारमा व्यस्त छ। क्षेत्र नम्बर ५ (२)का नेकपा एमालेका उम्मेदवार दिपक निरौला अझ धेरै उत्साहित देखिन्छन। चुनावी अभियानमा संधै हँसिलो मुहारमा प्रस्तुत हुने उनको स्वभावले आम एमाले कार्यकर्तामा उत्साह थपेको नेकपा एमालेका एक जिल्ला कमिटि सदस्य बताउंछन्।
” आफ्नो जित सुनुश्चित देखेर पनि हुन सक्छ, उंहाको अनुहारमा छुट्टै चमक छ ” उनको भनाइ छ।
२०७४ सालको प्रदेस सभा सदस्य निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित भएका दीपक निरौला त्यस बेला नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर कमिटीको संयोजक रहेका थिए।
पाँच वर्षको समयमा प्रदेस सभामा शशक्त भूमिका निर्वाह गरेका निरौला हाल नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी अध्यक्ष रहेका छन। उनि बागमती प्रदेस सभामा नेकपा एमालेको मुख्य सचेतक बनेका थिए।
बागमती प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार रहेको समयमा शक्तिशाली सांसद बनेका निरौलाले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासमा अरबौ बजेट ल्याएका थिए।