मौसम पूर्वानुमानः तीन प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०७९

काठमाडौं । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


Published :कार्तिक २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media