ह्याप्पी मुडमा ‘ जयराम थापा !! ‘

राष्ट्रपाटी न्युज

२७ कार्तिक २०७९

काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा संघीय प्रतिनिधिसभामा मात्र होइन, प्रदेश क्षेत्रमा समेत निर्वाचन रोचक बन्दै गएको छ। खासगरि प्रदेश क्षेत्र २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजबादीका कुशुम कुमार कार्की र नेकपा एमालेका जयराम थापा बिचको प्रतिष्पर्धा पनि बिशेष बन्दै गएको छ।

एकीकृत समाजबादीका कुशुम कुमार कार्की पुर्व प्रदेश माननीय हुनुको साथै यस क्षेत्रमा परिचित नाम हो।अहिले उनको मुख्य भर भनेको गठबन्धनबाट नेपाली कांग्रेसको भोट हो भने यस क्षेत्रमा उनको व्यक्तिगत भोट समेत रहेको छ। अनि उनको आफ्नै पार्टी एकीकृत समाजबादीको भोट उनलाई जाने छ भने माओबादी केन्द्रको भोट समेत उनलाई जान सक्ने अबस्था छ।

त्यसै गरि नेकपा एमालेका उम्मेदवार जयराम थापाको मुख्य आधार उनको आफनै पार्टीको भोट हो। नेकपा एमालेको मजबुत संगठन रहेको यस प्रदेश क्षेत्रमा अहिले टिकट वितरणको बेला बनेको असन्तुष्टि करिव मेटीइसकेको छ भने एमालेको घरदैलो अभियान पनि शसक्त रुपमा अगाडी बढिसकेको छ। अघिल्लो निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट स्वयम् कुशुम कुमार कार्की बिजयी हुनु पनि जयरामका लागि सकारात्मक बिषय हो।

यस प्रदेश क्षेत्रमा केहि एमालेका मतहरु कुसुम कुमार कार्कीको व्यक्तिगत सम्बन्धका कारण कलममा जाने सम्भावना पनि छ। तर अहिले एमाले पार्टी भित्र एकता कायम भएको अबस्था भएकाले त्यो संख्या धेरै ठुलो नहुने एकजना एमाले नेता बताउँछन्। गठबन्धनमा कांग्रेसको तर्फबाट सबैभोट कुसुमलाइ नजाने र त्यो मत पनि जयरामलाइ थपिने अवस्था आउने उनको भनाइ छ।

आगामी मत परिणामको बारेमा कुरा गर्दा उनि जयराम थापाले सजिलै चुनाव जित्ने दावी गर्छन। उनि भन्छन पछिल्लो समय त्यो परिश्थिति बन्दै गएर पनि होला जयराम जी ह्याप्पी मुडमा देखिनुहुन्छ ।


Published :२७ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media