सत्तारुढ गठबन्धन फराकिलो मतान्तरले विजयी हुने काँग्रेस प्रवक्ता महतको दाबी

राष्ट्रपाटी न्युज

२८ कार्तिक २०७९

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गरेका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । प्रवक्ता महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहो-याए ।

उनले भने, ‘सत्तारुढ गठबन्धन फराकिलो बहुमतले विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ । हाम्रो प्रचार अभियान देशभर जारी छ ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनले जिकिर गरे ।


Published :२८ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media