काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बेला ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ ।
निर्वाचन केन्द्र रहेका विद्यालय मतदानस्थलका रूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा विदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ ।
आयोगले विदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी, निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक विदा दिन पनि आयोगले सिफारिस गरेको छ ।
मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै विदाको निर्णय कार्यान्वयन हुन्छ ।