“गठबन्धनलाई मत दिनुस् संविधान रक्षा गर्दै ५ वर्ष सरकार चलाएर देखाउँछौँ”

राष्ट्रपाटी न्युज

कार्तिक २९, २०७९

नवलपरासी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि गठबन्धनले चुनाव जित्नैपर्ने बताएका छन् ।

नवलपरासीमा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने- ‘गठबन्धनलाई मत दिनुहोस् ५ बर्ष पूरा चलाउने छौं । हामी समावेशी संविधान रक्षा गर्दै अगाडि बढ्छौँ ।’

कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकार स्थापित बनाउने गठबन्धन भएकाले गठबन्धनलाई मत दिन आग्रह गरे ।

सो कार्यक्रममा पश्चिम नवलपरासीको क्षेत्र न १ मा गठबन्धनका उम्मेदवारको रुपमा नेपाली काङ्ग्रेसका नेता बिनोद चौधरी र प्रदेश क का उम्मेदवार बिश्व प्रेम पाठक लगायतले धारणा राखेका थिए ।


Published :कार्तिक २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media