काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ओरालो लागेपनि सेयर कारोबार अघिल्लो दिन (सोमबार) को तुलनामा बढेको छ ।
यसदिन नेप्से परिसूचक ६.५९ अंकले ओरालो लागेर १८९७.८६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.३६ अंकले घटेको छ ।
आज २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २३ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँमा खरिदबिक्री भयो।
अघिल्लो कारोबार दिन सोमबार ७७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सो दिन नेप्से २१.२६ अंकले उकालो लागेको थियो।
कारोबारमा आएका १३ समूहमध्ये ३ को सूचक वृद्धि भएको छ भने १० को घट्यो। बैंकिङ, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको सूचक उकालो लाग्दा डेभलपमेन्ट बैंक, फाइनान्स र मनु एन्ड प्रो समूहको सूचक १ प्रतिशत बढिले घट्यो।
यसदिन कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन।
सिटिजन म्युचुअल फन्डको सेयर मूल्य ८ प्रतिशतले बढ्यो। १ अर्ब बढिको सेयर कारोबार भएको बजारमा तारा गाउँ रिजेन्सीको सेयर ८.५६ प्रतिशत र सिकलेस हाइड्रोपावरको ८.४२ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड २२ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।
लाइफ इन्स्योरेन्सको ६ करोड र नेपाल दूरसंचार कम्पनीको ४ करोड बढीको सेयर कारोबार गरी क्रमश; दोस्रो र तेस्रो स्थानमा रहे ।