जसपाका उम्मेदवार एवं प्रदेश इन्चार्ज विश्वकर्मा दर्जनौँ कार्यकर्तासहित एमाले प्रवेश

राष्ट्रपाटी न्युज

कार्तिक २९, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका बागमती प्रदेश इन्चार्ज मोहन कुमार विश्वकर्मा दर्जनौँ कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन् ।  जसपाका तर्फबाट काठमाडौँ ३ का उम्मेदवारसमेत रहेका विश्वकर्मा आफ्नो उम्मेदवारी स्थगित गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

विश्वकर्मा जसपाको राजनीतिक विभागको पोलिटब्युरो सदस्यसमेत थिए । उनी आफ्ना सम्पूर्ण  समर्थक तथा शुभचिन्तकसहित एमालेमा प्रवेश गरे ।

उनीसँगै टिकामान गेलाल,राजेश पोखरेल प्रकाश राई,देउमाला लामा,राते लामा,चन्द्र बहादुर तामाङ्ग,हरि श्रेष्ठ,दिल बहादुर श्रेष्ठ,पम्फा श्रेष्ठ, बुद्धिमान श्रेष्ठ,मनिषा श्रेष्ठ,विमला श्रेष्ठ,मुना श्रेष्ठ,सगुना श्रेष्ठ,श्याम कुमार श्रेष्ठ,अमृत श्रेष्ठ देविका श्रेष्ठ मनि कुमार रसाईली,धन बहादुर गजमेर,पदम धनुकेलगायत नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।

त्यसैगरी प्रवेश गर्नेहरुमा देवि पौडेल,के.वि लामा,एकबहादुर लामिछाने,राम नगरकोटी,कौशिला सुनुवार,शिव प्रसाद खतिवडा,शंकर दाहाल,देव कला विश्वकर्मा,यदु कुमारी श्रेष्ठ, मंगल दास नगरकोटी, उमेश आचार्य, गोकुल आचार्य, राम चन्द्र श्रेष्ठ, महेश आचार्य,सन्जीव श्रेष्ठ, मिरा राई,ओलक बस्नेत,देवि तामा, डोमा शेर्पा, वाइछी शेर्पा, शुशिला नगरकोटी,रमेश श्रेष्ठ, गोविन्द बहादुर श्रेष्ठ, सुकी नगरकोटी, प्रकृति दाहाल, एक बहादुर लामिछाने, राम चन्द्र गहतराज, सावित्री वि.क, मिश्रमाँया बि.क एमालेमा प्रवेश गरे ।


Published :कार्तिक २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media