गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

राष्ट्रपाटी न्युज

२९ कार्तिक २०७९

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीबाट बर्खास्त गरेका हुन् ।

खड्काको जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद  पुनर्गठन गरेको निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । खड्काले आसन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

दुई  साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो । अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।


Published :२९ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media