
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरी र मोरङ एवं भोलि झापाका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले दिउँसो सुनसरीको दुहबी र लौकहीमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । त्यसैगरी आजै साँझ विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली आजै विराटनगरको अन्तर्क्रियापछि झापा जानेछन् ।
उनले भोलि झापाका दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नं १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नं ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रचारप्रसारका लागि अब भोलि एक दिनमात्र बाँकी छ ।