चुनावपछि माओवादी सडकमा पुग्छः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनपछि गठबन्धन फुट्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गरेका हुन् ।

निर्वाचनपछि खरानीको डल्लो फुट्ने र माओवादी सडकमा जाने ओलीको टिप्पणी छ । अध्यक्ष ओलीले मंसिर ४ पछि माओवादी ५ ७ सिटमा मात्र सीमित हुने जिकिर गरेका छन् । साथै उनले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्दै एमालेको सरकार बन्ने बित्तिकै गठबन्धन नरहने बताए ।

ओलीले भने, ‘नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी बिकाउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दै छन्। अरू कसैको श्रीमती, कसैको छोरा, कसैका ज्वाइँलाई जिताउनको लागि लागि दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैनन् ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० वर्ष टिक्छ भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै ओलीले हिजो छोरी बिकाउनको लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको आरोप समेत लगाएका छन् ।


Published :कार्तिक ३०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media