शेयर बजारमा दोहोरो अंकको वृद्धि

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०७९

काठमाडौं । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने मंगलबारको तुलनामा ओरालो लाग्यो ।

आज ८५ करोड बराबरको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब २३ रोड बढिको सेयर खरिदबिक्री भएको थियो ।

नेप्से १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगेपनि कारोबार रकम १ अर्बबाट झरेर ८५ करोड ९४ लाखमा खुम्चियो ।

आज २३२ कम्पनीको  २४ लाख ९५ हजार ६१२ कित्ता सेयर १७ हजार ७०२ पटकको कारोबारमा किचबेच भयो।

सिकलेस हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो । गणपति लघुवित्ती वित्तीयको मूल्य ७.७१ प्रतिशतले मूल्य बढ्यो ।

यसदिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्षस्थानमा रहयो। सो कम्पनीको ६ करोड ३३ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड मूल्य बढिको सेयर कारोबार भयो ।


Published :कार्तिक ३०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media