पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० गोलले विजयी 

राष्ट्रपाटी न्युज

३० कार्तिक २०७९

काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० गोलले  विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानविरुद्ध १ गोल गर्दै  विजयी भयो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

फुटबलर आवास लामिछानेले यो खेलबाटै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । मैत्रीपूर्ण खेलको ५७ मिनेटमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गर्दै उनले नेपालका लागि डेब्यु गरेका हुन् । उनी यही मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।


Published :३० कार्तिक २०७९


Copyright : © 2020-2022 All right reserved

Developed by: Abritti Media