काँग्रेस र माओवादीका दर्जनौँ युवालाई एमालेमा स्वागत

राष्ट्रपाटी न्युज

मंसिर १, २०७९

काठमाडौँ । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीका दर्जनौँ युवा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस-माओवादीमा आबद्ध तथा स्वतन्त्र गरी ७१ जना युवाहरू विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

बसुन्धारामा बुधवार साँझ आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरूको भावनालाई आफूले सम्मान गर्दै उचित जिम्मेवारी दिने बताए ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा एमालेको पक्षमा लहर आएको बताउँदै उनले यस क्षेत्रको जनताको माया, स्नेह र सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

काँग्रेस र माओवादीका दर्जनौँ युवालाई एमालेमा स्वागत

काठमाडौँ । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीका दर्जनौँ युवा एमालेमा प्रवेश गरेका छन्‍ । कांग्रेस-माओवादीमा आबद्ध तथा स्वतन्त्र गरी ७१ जना युवाहरू विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

बसुन्धारामा बुधवार साँझ आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरूको भावनालाई आफूले सम्मान गर्दै उचित जिम्मेवारी दिने बताए ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा एमालेको पक्षमा लहर आएको बताउँदै उनले यस क्षेत्रको जनताको माया, स्नेह र सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

Published :मंसिर १, २०७९

Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media