काठमाडौँ। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।
यसै सन्दर्भमा आज निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन मंसिर १ गते काठमाडौँ क्षेत्र नं ४ मा नेकपा एमालेका उम्मेदवार डा.राजन भट्टराईले आयोजना गरेको “डा.राजन भट्टराईसंग मर्निङ्ग वाक” कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले काठमाडौँ क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको सो कार्यक्रममा नेता तथा कार्यकर्ताहरु सहित सयौ स्थानीयहरुको निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो।
नेकपा एमाले क्षेत्रीय कमिटीको कार्यालयबाट सुरु भएको सो प्रातकालीन पदयात्रा काठमाडौँ महानगरपालिका वडा नं ७ र ३० का विभिन्न स्थान परिक्रमा गरेर वडा नं ७ को कालोपुलमा समापन भएको थियो।