आचारसंहिता विपरीत एसका किसान श्रेष्ठ र लोसपाका जितेन्द्र सोनलले गरे घरदैलो  

राष्ट्रपाटी न्युज

मंसिर २, २०७९

सिमरा । निर्वाचन आचारसंहिता विपरित मौन अवधीको समयमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलले घरदैलो गरेका छन्।

मंसिर ४ गतेको निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधी सुरु भएको छ । निर्वाचन सम्पन्न नहुँदासम्मका लागि लागु हुने मौन अवधीको समयमा उम्मेदवार र दलले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्। तर निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गर्दै श्रेष्ठ र सोनलले उक्त क्षेत्रमा घरदैलो गरिरहेका छन्।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घरदैलो र चुनावी प्रचार भइरहेको सूचना प्राप्त भएपछि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको बताए । चुनावी प्रचार गरिरहेका उम्मेदवारलाई फोन गरेर उक्त कार्य तत्काल रोक्न आग्रह गरेको र नरोकिए आचारसंहिता विपरित कारवाही प्रक्रिया अघि बढाइने जानकारी समेत गराएको प्रहरी उपरीक्षक बोगटीले बताए ।


Published :मंसिर २, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media