काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचन हार्ने निश्चित भएसँगै नेपाली कांग्रेसले झुटको नयाँ फन्डा सुरु गरेको छ । कांग्रेसले नेकपा एमालेका नेता तथा प्रदेश सांसदका उम्मेदवार दिपक निरौलामाथि झुटो आरोप लगाएर नयाँ फन्डाको रचना गरेको छ ।
नेता निरौला लामो समयदेखि क्यान्सर रोगबाट पीडित स्थानीय बिरामी तोकमान लामालाई भेट्न गएको विषयलाई कांग्रेसले अनावश्यक विवाद बनाएको छ । निरौलाले बिरामी छिमेकी लामालाई भेटेर फर्किदै गर्दा पैसा बाँडेको निराधार हल्ला चलाएर होहल्ला गरेपछि प्रहरीले सुरक्षाका लागि निरौलालाई केहीबेर नियन्त्रणमा लिएको विषयलाई उसले प्रोपोगान्डा बनाउँदै झुटो आरोप लगाएको हो । यस विषयमा निरौलाले काँग्रेसको झुटो प्रचारमा नलाग्न र पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन चुनौती दिएका छन् ।
प्रहरीले पनि निरौलालाई सुरक्षाको दृष्टिले नियन्त्रणमा लिएको र पैसा बाँडेको हल्ला झुटो भएको बताएको छ । प्रहरीले स्थानीयको भीडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखिएको दाबी गरेको छ ।
भीडले घेरा हालेपछि दुईजनालाई उद्धार गरी प्रहरीको सुरक्षामा राखिएको हो प्रहरीले बताएको छ ।
यस विषयमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं ५ ले पनि प्रेस विज्ञप्तिमार्फत निरौलामाथि लगाइएको आरोप झुटो भएको जनाएको छ । बिरामी छिमेकीलाई भेट्न पुगेका निरौलामाथि पैसा बाँड्न गएको भनी नियोजित प्रचार गरेकोमा आपत्ति जनाएको छ ।
निर्वाचन परिचालन कमिटीले निकालेको प्रेस वक्तव्यमा पार्टीका शुभेच्छुक क्यान्सरपीडित तोक्तान लामालाई भेट्न गएको वेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाएको र नियन्त्रणमा लिएको जनाएको छ ।
‘कुनै तथ्य र प्रमाणविना गैरराजनीतिक कुरा गरी चरित्रहत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यो घटना गरिएको छर्लंग छ’, प्रेस वक्तव्यमा उल्लेख छ ।