कैलालीमा भेटिएको बम सेनाद्वारा डिस्पोज

राष्ट्रपाटी न्युज

मंसिर ४, २०७९

धनगढी । कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बम डिस्पोजपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले  जानकारी दिएको छ ।


Published :मंसिर ४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media