
काठमाडौं । निर्वाचन आयोगले पछिल्लो जानकारीअनुसार ३२ प्रतिशत मतदान सकेको जनाएको छ । आयोगका सहायक प्रवक्ता शालिग्राम शर्मा पौडेलले पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिए ।
उनले देशभरि छिटफुट घटनाबाहेक उत्साहपूर्ण मतदान भइरहेको बताए। ‘छिटफुट घटनाबाहेक देशभरि उत्साहपूर्ण मतदान भइरहेको छ । कतिपय ठाउँमा स्थगित भएको मतदान पुनः सुरु भएको छ। कतिपय ठाउँमा भने सर्वदलीय बैठक बसेर पुनः मतदान गर्ने तयारी भइरहेको छ,’ पत्रकार सम्मेलनमा सहायक प्रवक्ता पौडेलले भने ।
उनले मतदान अधिकृतहरुलाई आफूखुसी मतदान स्थगित नगर्न निर्देशन दिएको बताए । ‘हामीले सबै मतदान केन्द्रमा आयोगको समन्वय बिना मतदान स्थगित नगर्न निर्देशन दिएका छौं। हामीले ५ बजेभित्र मतदान स्थल खुला राख्न भनेका छौं,’ उनले भने ।