मतदानको निर्धारित समय सकियो

राष्ट्रपाटी न्युज

मंसिर ४, २०७९

काठमाडौं । मतदानको निर्धारित समय समाप्त भएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचन आयोगले मतदानको समय तोकेको थियो । सोही अनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो ।

निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान अझै जारी छ । देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ ।

बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्‍द्र, आन्तरिक विवादले केहीबेर मतदान स्थगित भएका केन्द्र तथा ५ बजेभित्र केन्द्र आइपुगेका मतदाताले मत हाल्न नसकेसम्म मतदान जारी रहने आयोगले जनाएको छ ।

मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिनेछ ।


Published :मंसिर ४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media