काठमाडौँसहित देशभरको मतगणना सुरु

राष्ट्रपाटी न्युज

मंसिर ५, २०७९

काठमाडौं । आइतबार भएको आमनिर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ।

देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारबाट मत गणनाको कार्य हुँदैछ । साथै, आइतबार बिहानैबाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।

काठमाडौं उपत्यका भित्र काठमाडौं– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टीको माहौल देखिएको छ ।

उता, कास्की–२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ ।


Published :मंसिर ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media