भक्तपुर-२ मतगणनाः कांग्रेस अघि, एमाले पछ्याउँदै

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा रातिदेखि नै मतगणना सुरु भएको छ। आइतबार राति पौने दुई बजेदेखि मतगणना सुरु भएको हो । मतगणना मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ

सुरुवाती परिणाम अनुसार कांग्रेसले अग्रता लिन थालेको छ । कांग्रेसबाट दुर्लभ थापा क्षेत्रीले दुई हजार दुई सय २८ मत पाएका छन् । एमाले‍का महेश बस्नेतले एक हजार ६ सय ३० मत ल्याएका छन्।

त्यस्तै घण्टीले चार सय २४, मादलले दुई सय दुई सय ५० र हलोले दुई सय ३२ मत पाएको छ । अहिले सूर्यविनायक नगरपालिका क्षेत्रको मतगणना गरिएको छ । त्यस अनुसार सूर्यविनायक नगरपालिका ५ कटुञ्जे, सूर्यविनायक ३ कौशलटार, सूर्यविनायक १ सिरुटारको आदर्श जनप्रेमी मतदान केन्द्रको मत गणना भइरहेको हो ।

 


Published :५ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media