
ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणना मध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा रहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उदयशम्शेर जबरा राणा सात सय पाँच मतले दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र छाताको छ मत आएको छ ।
अन्य चुनाव चिन्हले १० मत प्राप्त गरेका छन् भने ९४ मत बदर भएको छ ।