
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो अग्रता लिएका छन् ।
जारी मत गणनामा ओलीले गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई पछि पार्दै फराकिलो अग्रता लिएका हुन् ।
६ हजार मत गन्दा ओलीले ३ हजार २१२ मत पाउँदा कांग्रेसका खगेन्द्र अधिकारीले १५२३ मत प्राप्त गरेका छन् ।