काठमाडौं-४ मा एमालेका राजन भट्टराईलाई हराउँदै कांग्रेसका गगन थापाको ह्याट्रिक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाट फराकिलो अन्तरले निर्वाचित भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै थापाले ह्याट्रिक जित निकालेका हुन् ।
थापाले २१ हजार ३०२ मत ल्याएर निर्वाचित हुँदा भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याएका छन् ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक पाँच दलीय गठवन्धनका उम्मेदवार थापाले मतान्तरले थप फराकिलो बनाएका हुन् ।
०७० मा पनि थापाले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए भने ०६४ मा थापा समानुपातिक सांसद थिए ।


Published :६ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media