
काठमाडौं । वागमती प्रदेशसभातर्फ ललितपुर क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४४८ मतले हराउँदै श्रेष्ठ निर्वाचित भएका हुन । श्रेष्ठले ८२९८ मत पाउँदा केसीले ६८५० पाए भने पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५९७३ पाइन् ।
२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका श्रेष्ठले यसपटक पनि मेयरमा दाबी गरेका थिए । उनलाई प्रदेशसभा उम्मेदवार बनाउन एमालेले हरिगोविन्द श्रेष्ठलाई अघि सारेको थियो ।
माधव नेपाल समूहमा रहेका श्रेष्ठ पार्टी फुटलाई साथ नदिएर एमालेमै बसेका थिए । उनी पार्टीमा १० बुँदे सहमति हुनुअघि नै एमालेविरोधी अभियानमा साथ नदिने भन्दै पार्टीको पक्षमा उभिएका थिए । ललितपुर २ मा प्रतिनिधिसभामा पनि नेपाल समूह छाडेका महर्जन निर्वाचित भएका छन् ।