झापा-१ मा विश्वप्रकाशलाई फराकिलो मतको अग्रता 

राष्ट्रपाटी न्युज

मंसिर ६, २०७९

झापा । झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७ हजारको फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । मंगलबार साँझसम्म गनेको ३६ हजार ६६४ मतमध्ये शर्माले १८ हजार ३७४ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले ११ हजार ३३१ मत पाएका छन् । शर्माले खरेलले भन्दा ७ हजार ४३ मत पाएका हुन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ३ हजार ६५३ मत पाएका छन् ।


Published :मंसिर ६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media