उदयपुर–२ बाट एमालेका रायमाझी विजयी

राष्ट्रपाटी न्युज

मंसिर ६, २०७९

उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भए ।


Published :मंसिर ६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media