प्रतिनिधिसभातर्फ २४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसले १४, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा माओवादी केन्द्रले १, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ति पार्टीले १ ठाउँमा जित हासिल गरेका छन् ।

कांग्रेसतर्फ डडेल्धुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं ५ बाट प्रदीप पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेकबहादुर गुरुङ, काठमाडौं १० बाट राजेन्द्रबहादुर केसी, ललितपुर १ बाट उदयशमशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी, काठमाडौं ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शङ्कर भण्डारी, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगनकुमार थापा र ओखलढुगाबाट रामहरि खतिवडा विजयी भएका छन् ।
यस्तै एमालेतर्फ काठमाडौं ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् । एकीकृत समाजवादीतर्फ अछाम १ बाट शेरबहादुर कुँवर विजयी भएका छन् भने माओवादीतर्फ सिन्धुली २ बाट माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) विजयी भएका छन्।
राप्रपातर्फ बाँके २ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टीका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी विजयी भएका छन् ।


Published :७ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media