समय अनुकूल करका नीतिमा सुधार गरिनेछः अर्थसचिव पुष्कर

काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्करले करका नीतिहरु सुधार गर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै पुष्करले करका नीतिहरु पुराना भएकाले समय अनुकूलको नीतिमा सुधार गरिने बताएका हुन् ।

उनले पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रहेकाले कर प्रणालीमा समेत संकुचन देखिएको बताए । सचिव पुष्करले नेपालमा मात्रै राजश्व संकलनमा चुनौती नभएको भएर विश्वका ठूला राष्ट्रहरुमा समेत चुनौती देखिएको बताए । उनले नेपालको राजश्व संकलन तथा अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको पनि बताए ।

सचिव पुष्करले करदाता, कर उठाउने कर्मचारीको मानसिकता र कर प्रणालीका प्रविधिहरु परम्परागत भएकाले समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए ।


Published :७ मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media