सप्तरी २ मा सीके राउतद्वारा उपेन्द्र यादव दोब्बर मतले पराजित

काठमाडौँ । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सीके राउत सप्तरी २ बाट विजयी भएका हुन् ।

राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जय प्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए ।

यससँगै जनमत पार्टीले प्रतिनिधिसभामा खाता खोलेको छ भने मधेस आन्दालनबाटै उदाएका उपेन्द्रले पराजयको स्वाद चाखेका छन् ।


Published :७ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media