रौतहट-१ बाट माधवकुमार नेपाल निर्वाचित

रौतहट । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।

नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई रौतहट १ मा निर्वाचित भएका हुन् ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media