तनहुँ- १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जित निकालेका छन् । एमालेका एकबहादुर रानालाई ५ हजार ३८८ मतान्तरले पछि पार्दै पौडेलले जित निकालेका हुन् ।

पौडेलले २५ हजार ३१३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रानाले १९ हजार ९२५ मत ल्याएर पराजित बने ।

सोही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरे ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media