हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंह मकवानपुर प्रतिनिधिसभा–१ मा निर्वाचित भएका छन् । सिंह २ हजार ३९३ मत अन्तरसहित निर्वाचित भएका हुन् ।
उनले २७ हजार ८१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् ।
नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४२० मत प्राप्त गर्दै तेस्रो भए । पटक–पटक हार ब्यहोरेका सिंहले यो पटक भने राजनीतिका दिग्गज खेलाडी थापा र गठबन्धनका बलियो उम्मेदवार डिनालाई हराउँदै संसदको यात्रा तय गरेका हुन् ।