धनकुटा-१ बाट  सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी

धनकुटा । धनकुटा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राई विजयी भएका छन् ।

राईले नेपाली कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई पराजित गरेका हुन् । राईले थापालाई ५ हजार ३८७ मतान्तरले पराजित गरे । एमालेका राईले ३० हजार १०१ मत ल्याउँदा कांग्रेसका थापाले २८ हजार ७०४ मत  ल्‍याए ।

थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media