रेशम चौधरीको विरासत जोगाउँदै कैलाली-१ बाट नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित

टीकापुर । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भएकी छन् । कैलाली क्षेत्र नं १ मा कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै रञ्जिताले रेशम चौधरीको विरासत जोगाएकी छन् ।

रञ्जिताले १२ हजार बढी मतान्तरले रामजनमलाई पराजित गरेकी हुन् । रञ्जिताले ३० हजार ४०४ मत पाउँदा रामजनमले १८ हजार ८ मतमात्र ल्याए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट रेशम चौधरी भारी मतले विजयी भएका थिए ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media