एमालेका सुरेन्द्र पाण्डेलाई पछि पार्दै चितवन-१ बाट रास्वपाका हरि ढकालको जित

चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले प्रतिनिधिसभा सदस्यमा जित निकालेका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकालले जितेका हुन्।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी भएका छन् । थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएका थिए । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद खनाल विजयी भएका छन् । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेका थिए ।


Published :८ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media