नवलपरासी-२ बाट राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधान विजयी

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गर्दै निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले पराजित गरेका हुन् ।

प्रधानले ३४ हजार ९५९ तथा कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे भने एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मतमा चित्त बुझाए ।


Published :९ मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media