माओवादीका महेन्द्रबहादुर शाही कालीकोटबाट विजयी

सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् ।

महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् ।


Published :९ मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media