गृहमन्त्री खाँणलाई पराजित गर्दै रूपन्देही-३ बाट राप्रपाका दीपक बोहोरा विजयी

राष्ट्रपाटी न्युज

१० मंसिर २०७९

रुपन्देही । रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन् ।

उनले २६ सय ४२ मतको अन्तरले गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन् । बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ मत प्राप्त गरे ।

गृहमन्त्री खाँण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए ।


Published :१० मंसिर २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media