सुनसरी–२ बाट एमालेका भीम आचार्य विजयी

राष्ट्रपाटी न्युज

१० मंसिर २०७९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा एमालेका भीम आचार्यले ३२ हजार ८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।

सुनसरी–३ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो १८ हजार १९१ मतसहित विजयी भए । कांग्रेसका राजीव कोइरालाले १७ हजार ६३६ मत मात्रै पाए ।


Published :१० मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media