इलाम । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरे । यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष सभामुख र २०७२ सालमा सभामुख भएका थिए ।