महोत्तरी-१ मा एमालेको जित, लक्ष्मी महतो निर्वाचित

राष्ट्रपाटी न्युज

मंसिर ११, २०७९

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएकी हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो निर्वाचित भएकी हुन् ।

प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले-जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरिन्‍ । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका पोखरेलले २२ हजार ३७२ मत ल्याए ।

यो क्षेत्रमा लामो समयदेखि पोखरेलले जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भए पनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ ।

 


Published :मंसिर ११, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media