काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ ।
यद्यपि उनीहरुबीच के कुराकानी भयो सोबारे केही खुलेको छैन ।