घट्यो सुनको मूल्य, चाँदीको स्थिर

राष्ट्रपाटी न्युज

१३ मंसिर २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार चार सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


Published :१३ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media